१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

ठेला व्यापारबाट मासिक ४० हजार आम्दानी

काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन्। बाइस वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक ४० हजार रूपैयाँ आर्जन हुने गरेको बताइन्।

अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक ४० हजार रूपैयाँ आर्जन गर्दै आएकी हुन्।

मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताइन्। सत्र वर्षको उमेरमा बिहे गरेकी उनले चार वर्ष धेरै सङ्घर्ष गरिन्। छ महिना यता ठेलामा व्यापार थालेकी उनी दैनिक १२ घण्टा काम गर्छिन्। उनको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उनले बचत पनि गरेकी छन्।

श्रीमानले अरू सबै कुरामा साथ र सहयोग गरे पनि यो ठेलामा भने उनी बिहानदेखि साँझसम्म एक्लै हुन्छिन्। सबै सामान आफैं जुटाउँछिन् अनि सबै परिकार आफैँ बनाउन उनलाई दिनभर भ्याइनभ्याइ हुन्छ। महिलाहरू चुलाचौकामै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिक रूपमा पछि परेका उनको बुझाइ छ।  

प्रकाशित: २० मंसिर २०८१ १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App