१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवानिवृत्त

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवानिवृत्त भएका छन्।२०५२ सालमा सेवाप्रवेश गरेका गेलाल उमेरहदका कारण अनिवार्य अवकाशमा गएका हुन्। ५८ वर्षे उमेर हदका कारण बुधबारबाट उनी सेवानिवृत्त भएका हुन।

बुधबार मन्त्रालयमा एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गेलाललाई विदाई गरे। मन्त्री सिंहले सचिव गेलालसँगको छोटो अवधिको सहकार्य भएपनि स्मरणीय रहेको बताउँदै गेलालको व्यवसायिक क्षमताको प्रशंसा गरेका थिए।गेलालले सरकारी सेवामा २९ वर्ष ५ महिना विताएको र सो अवधि आफ्ना लागि स्मरणीय रहेको बताएका थिए।

प्रकाशित: १२ मंसिर २०८१ १६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App