१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सेवानिवृत्त हवल्दारको पहलमा बन्यो गुम्बा

बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ। स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो। गुम्बा बनाउन उनले १० लाख पाँच सय ६५ रुपैयाँ सहयोग गरेका छन्।  

दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताए। सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्ध छ। उनका अनुसार भियतनामका इन्जिनियरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको हो। 

गुम्बाका माध्यमबाट  बन्दीपुरको पर्यटन प्रवर्द्धमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउँछन्। समाजसेवी गुरुङप्रति कृतज्ञता ज्ञापन गर्दै उनले समाजमा उनीजस्ता धेरैको खाँचो रहेकोमा पनि जोड दिए।  

प्रकाशित: ९ मंसिर २०८१ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App