गृहमन्त्री रमेश लेखकले निर्माणाधीन गृह मन्त्रालयको भवनको निरीक्षण गरेका छन् ।
मंगलबार गृहमन्त्री लेखकले सिंहदरबारभित्र गृह मन्त्रालयका लागि नयाँ बन्दै गरेको भवनको निरीक्षण गरेका हुन। अत्याधुनिक प्रविधिमा बन्दै गरेको भूकम्प प्रतिरोधात्मक भवन बन्ने तयारीमा रहेको छ।अहिलेको गृह मन्त्रालयको भवन पुरानो र साँघुरो भएसँगै नयाँ भवन बन्न लागेको हो। निरीक्षणको क्रममा गृहमन्त्री लेखकले नयाँ भवनलाई उज्यालो बनाउन निर्देशन दिए।उनले नयाँ भवन निर्माण अवधिभित्रै सम्पन्न गरी बुझाउन निर्माण कम्पनीलाई आग्रह समेत गरेका छन्।
भवन निर्माण कम्पनी माउण्टटेण्ड सत्यश्वरका प्रतिनिधि अच्युत भण्डारीले नयाँ भवन निर्माण गर्न पाएको समय सीमाभित्रै सम्पन्न गर्ने बताए ।उनले निर्माण कम्पनीले सम्झौता गरेअनुरूप भवनको गुणस्तरीय बनाएर समयमा नै सरकारलाई हस्तान्तरण गरिने जानकारी गराए।
प्रकाशित: २७ कार्तिक २०८१ १८:०२ मंगलबार