२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोपमा डा.साह पक्राउ

सिभिल अस्पतालमा कार्यरत डा.अजयकुमार साह पक्राउ परेका छन् । अस्पतालमा कार्यरत महिला चिकित्सकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले डा.साहलाई नियन्त्रणमा लिएको हो। महिला चिकित्सकले प्रहरीमा आफूमाथि यौन दुर्व्यवहार भएको उजुरी गरेपछि डा.साह पक्राउ परेका हुन् ।  

सिभिल अस्पतालका प्रमुख विधाननिधि पौडेलले डा.साह पक्राउ परेको पुष्टि गरेका छन् । ‘प्रहरीले अनुसन्धानका लागि लगेको छ किन लग्यो भन्नेबारेमा मलाई जानकारी छैन, प्रहरीले अनुसन्धान गरिरहेको छ’, सिभिल अस्पतालका प्रमुख पौडेलले भने ।  

उनका अनुसार डा.साह पक्राउ परेपछि अस्पतालले नियम अनुसार निलम्बन गरिसकेको छ। प्रहरीले उनलाई कात्तिक १९ गते पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

प्रकाशित: २६ कार्तिक २०८१ १६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App