११ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

जाजरकोटमा दुर्घटना: घाइते ९ जनालाई हेलिकप्टरबाट सुर्खेत ल्याइँदै

घाइतेको संख्या ३९ पुग्यो

.

जाजरकोटमा भएका छुटाट्टै दुर्घटनाका घाइतेहरूमध्ये नौ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याउन लागिएको छ।

जाजरकोको पूर्वी भेग नलगाड र पश्चिमी क्षेत्र कुदुमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाइते भएका छन्। तीमध्ये चार जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

सोमबार जाजरकोट सदरमुकामबाट नेपालगञ्ज जान लागेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ३२ जना घाइते भएका थिए।

यस्तै, बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका थिए। बोलेरो जिप दुर्घटनाका सात जना घाइतेमध्ये चार जना डिस्चार्ज भएका हुन्।

दुवै दुर्घटनाका घाइतेमध्ये ९ जनालाई हेलिकप्टरमार्फत सुर्खेत ल्याउन लागिएको प्रहरीले बताएको छ।

प्रकाशित: २६ कार्तिक २०८१ १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App