६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

कालिकोट जिप दुर्घटना: घाइतेको हेलिकप्टरमार्फत उद्धार (तस्बिरहरू)

मानवीय हता हती हुने गरी भएको कालिकोट जिप दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट गएको सेनाको हेलिकप्टरले ७ जना घाइतेको उद्धार गरी सुर्खेत ल्याएको छ । 

कालिकोटको पलाँता गाउँपालिका–४ राडुनेटामा आइतबार दिउँसो करिब साढे दुई बजे कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेको जिप दुर्घटना परेको थियो । उक्त दुर्घटनामा ११ जनाको मृत्यु भएको अपुष्ट खबर छ । 

कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले स्थानीय प्रत्यक्षदर्शीबाट ११ जनाको मृत्यु भएको खबर प्राप्त भएको जनाएका छन् । 

जिपमा २० जना सवार रहेको बुझिएको छ । दुर्घटना सडकबाट पाँच सय मिटर तल खोलामा परेर भएको बताइएको छ । 

प्रकाशित: २५ कार्तिक २०८१ १७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App