७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो, एक जना पौडिएर बाँचे

सर्लाहीको पोखरीमा कार खसेर डुबेका दुई जना मृत भेटिएका छन्। तिब्र गतिका कारण पोखरीमा खसेर डुबेको कारबाट उनीहरुको शव निकालिएको हो । गौशाला नगरपालिका–१० का अन्दाजी ३७ वर्षीय कार चालक सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव निकालिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको शव पेला पारेका हुन् । 

ईश्वरपुर नगरपालिका वडा नम्बर २ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै  गरेको लु २ च ६७५८ नम्बरको कार मंगलबार बिहान पोखरीमा डुबेको थियो।

त्यसमा  सवार  तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ का ३५ वर्षिय जनक यादव भने पौडिएर बाच्न सफल भएका थिए।

कार हुइँकिएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयले बताएका छन्। 

पोखरीमा डुबेको कार निकाल्ने प्रयास भइरहेको छ । 

प्रकाशित: २० कार्तिक २०८१ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App