७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

कोशीमा विपद्बाट मृत्यु भएका ८ जनाका परिवारले पाए राहत

कोशी प्रदेशमा अविरल वर्षा पछि आएको बाढी पहिरोलगायतका विपदमा परी मृत्यु भएका २२ जना मध्ये ८ जनाका परिवारले प्रदेश सरकारबाट जनही १ लाख रुपैयाँका दरले राहत रकम पाएका छन्। हाल सम्म ८ जनाका परिवारले मात्रै राहत रकम पाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विश्वदिप बेस्राका अनुसार हालसम्म ८ जनाले मात्रै राहत रकम प्राप्त गरेका हुन्।

राहत रकमका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिस गर्नुपर्ने भए पनि धेरैजसोको सिफारिस नआएका कारण हालसम्म ८ जना मृतकका परिवारलाई मात्रै राहत प्रदान गरिएको वेस्राले जानकारी दिए। राहत पाउनेहरूमा धनकुटाका १, पाँचथरका ६ र उदयपुरका १ जना मृतकका परिवार छन्।

कोशी प्रदेश सरकारले बाढी, पहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँका दरले राहत रकम प्रदान गर्ने निर्णय गरेको थियो। यसैबिच मोरङको रंगेली नगरपालिका –३ मा आगलागीबाट घर जलेका २१ परिवारले पनि राहत पाएका छन्। २१ परिवारले ५० हजार रुपैयाँका दरले राहत रकम पाएको प्रवक्ता वेस्राले जानकारी दिए। 

प्रकाशित: १९ कार्तिक २०८१ १७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App