७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

जुवा खालबाट १० जना पक्राउ

विराटनगर –११ स्थित संगम पार्टी प्यालेसमा जुवा, तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

शुक्रबार राती जुवा, तास खेलिरहेको अवस्थामा नगद १० लाख ६ हजार ९ सय ९५ रुपैयाँसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा मोरङ बिराटनगर महानगर पालिका – ११ का  वर्ष ६१ वर्षीय  राजन कँडेल, विराटनगर– १२ का   ४१ वर्षीय  टुनटुन शर्मा, विराटनगर –११ का  ५७ वर्षीय  पशुपति भगत, विराटनगर – १२ का ४७ वर्षीय  सुरेन्द्र ठाकुर विराटनगर– ११ का  ५० वर्षीय  विरेन्द्र साह,विराटनगर– ३ का ५५ वर्षीय  ध्रुव सिग्देल, विराटनगर– ५ का  ५५ वर्षीय  मनिराज प्रसाईँ,विराटनगर– १२ का ५०वर्षीय  बाबुराम कट्टेल,विराटनगर– १२ का  ४६ वर्षीय लिला सहनी र विराटनगर –११ का पाटी प्यालेस सञ्चालक ५९ वर्षीय पदम श्रेष्ठ रहेका छन्।

पक्राउ परेकाहरूको साथबाट ५ बुक ताससमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए। पक्राउ गरिएकाहरूलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जोशीले बताए। 

प्रकाशित: १७ कार्तिक २०८१ १६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App