८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

काठ तस्करी गर्ने वडा अध्यक्ष पक्राउ

कोहलपुर- काठतस्करी मुद्दामा दोषी ठहरिएका डुडुवा गाउँपालिका ४ का वडाअध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार दिउँसो ३ बजे वडाअध्यक्ष सगिर खाँलाई पक्राउ गरेको हो।

काठ चोरी तस्करी मुद्दामा जिल्ला अदालतबाट फैसालपछि फरार रहेका खाँनलाई पक्राउ गरिएको हो। काठ तस्करीमा फैसलापछि फरार रहेका वडा अध्यक्ष खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा फाँटका ईन्चार्ज प्रहरी निरीक्षक रनबहादुर विष्टले जानकारी दिए। खाँको २६ दिन कैद भुक्तानी गर्न बाँकी रहेकोले पक्राउ गरि अदालतमा बुझाएको उनले बताए।

जिल्ला अदालत फैसला कार्यान्वयन शाखा  पहलमा वडा अध्यक्ष खाँ पक्राउ परेका हुन्। आज बेलुकासम्म खाँलाई जिल्ला अदालतमा पठाउने तयारी गरिएको छ।

प्रकाशित: २५ चैत्र २०७४ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App