७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

बझाङमा जीप दुर्घटना, चारजना घाइते

बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो।

सात जना यात्रु चढेको उक्त जीप तीव्र गतीका कारण सडकमै पल्टिएको हो। दुर्घटनामा घाइते हुनेहरुमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

रासस

प्रकाशित: १२ कार्तिक २०८१ १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App