६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयले गरे बसमा आगजनी

धनुषामा स्कुल बसको ठक्करबाट एकजना बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनौजी गाउँपालिका–२ की ११ वर्षीय आरोही कुमारी मण्डल रहेकी धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार धनौजी गाउँपालिका–२ स्थित रामजानकी बोर्डिङ स्कुलमा पढ्ने आरोहीलाई मंगलबार बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योति बोर्डिङ स्कुलको बसले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

बालिकालाई ठक्कर दिएपछि स्थानीयले विद्यार्थीलाई बाहिर निकालेर बसमा आगजनी गरेका छन्।

घटना स्थलमा एउटा साइकल देखिएको छ। बालिका साइकल चढेर स्कुलतर्फ जाँदै गर्दा पछाडिबाट बसले ठक्कर दिएको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०८१ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App