१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

असोजमा रोजगारीका लागि ५३ हजार बिदेसिए

<br>

फाइल।

चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ।

वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना बिदेसिएका छन्।

असोजमा १७ हजार सात सय २४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतारमा, तीन हजार आठ सय सात जना कुवेत र एक हजार तीन सय १४ जना मलेसिया गएका छन्।

यसैगरी, असोजमा युरोपेली मुलुक रोमानिया क्रोएसिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि वृद्धि भएको छ। गत भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि बिदेसिएका थिए।

प्रकाशित: ४ कार्तिक २०८१ १५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App