१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरीमा नुहाउने क्रममा डुबेर पुरुषको मृत्यु

जनकपुरधामको प्रसिद्ध गंगासागर पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ।

प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेरका अज्ञात पुरुषको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो। उनको पहिचान खुलिसकेको छैन।

घटनाको खबर पाए लगतै घटनास्थलमा खटिएको प्रहरी टोलीले उनको उद्धार गरी उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

हाल मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। उनको परिवारको खोजी कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०८१ १६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App