२८ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

फाइल तस्बिर

बारामा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकर रहेका छन्। सोमवार बिहान हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए।

सोमवार बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो। अबेरसम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए। खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।

मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ। केही दिन अगाडि कोल्हवी नगरपालिका–२ मै एउटा हात्ती मृत फेला परेको थियो। रासस 

प्रकाशित: २८ आश्विन २०८१ १६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App