१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

मधेसका शक्तिपीठमा ‘खोइछ भराई’ को उल्लास

लहानस्थित दुर्गा मन्दिरमा खाइछ भर्न लामबद्ध ब्रतालु महिलाहरू। तस्विरः मिथिलेश

हिन्दू धर्मालम्बीहरू महाअष्टमी पर्व विभिन्न अनुष्ठान गरी मनाइरहेका बेला मधेसका महिलाहरू ‘खोइछ भराई’ (पति र सन्तान रक्षाको विशेष पूजा) गरी धुमधामसँग मनाइरहेका छन्।

शुक्रबार बिहान २ बजेबाट मधेसका महिलाहरू नजिकको दुर्गा भगवती मन्दिर गई खोइछ भरेका छन्। यो सन्तान र पतिको जीवन रक्षाका लागिगरिने विशेष पूजा हो। दुर्गा भगवतीको अगाडि चोखो वस्त्र ओच्छयाएर त्यसमाथि पान, सुपारी, नरिवल, सिन्दुर, चुरा, र पुजा सामग्री राखेर  पति र सन्तानको दिर्घायुको कामना गरेर ‘खोइछ भर्ने’ पर्व मनाउँछन्।

लहानकी व्रतालु सुनिता यादव भन्छिन्, ‘पति र सन्तान रक्षाका लागि यो व्रत बस्दै आएको एक दशक भयो।’ उनले एक दशकदेखि यो ब्रत बसिरहेको बताइन्।

यो विशेष पूजा गर्न व्रतालु महिलाहरूको भीड शुक्रबार दिनभर दुर्गा मन्दिरमा रहन्छ। लहानस्थितदुर्गा मन्दिरका प्रमुख पुजारी पण्डित कुशेश्वर झा भन्छन्, ‘यो परम्परा मिथिलानी नारीहरूबाट सुरु भई अहिले मधेस लगायत देशदेशान्तरभरि फैलदै गएको छ।’

प्रकाशित: २५ आश्विन २०८१ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App