२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

टुँडिखेलमा फुलपाती बढाइँको तयारी

बडादसैँका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा फुलपातीका दिन आयोजना हुने फुलपाती बढाइँको तयारी पूरा भएको छ।

बडादसैँको फूलपातीको दिन बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहने गरेको छ।

फुलपाती बढाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल लगायत उच्च पदस्थ अधिकारीहरू सहभागी हुने कार्यक्रम रहेको छ।

फुलपाती बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ। सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरिने छ।

बिहीवार आयोजना हुने फूलपाती बढाइँ तयारीको प्रधानसेनापति अशोकराज सिग्देलले मङ्गलवार निरीक्षण समेत गरेका छन्। त्यसअवसरमा उनले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र इञ्जिनियर तालिम शिक्षालयलाई युनिट झण्डा हस्तान्तरण गरे।

प्रधानसेनापति सिग्देलले विशेष फौज बाहिनीद्वारा यस वर्ष सञ्चालित युद्धकार्य तथा पेसागत प्रतियोगितामा नेभिगेसन र वेस्ट स्नाइपर दुवै विधामा प्रथम हुने महावीर शौर्य गण (रेन्जर) लाई पुरस्कार प्रदान गरे।

त्यस्तै गत वर्षको महाशिवरात्रि तथा सेना दिवसमा लोपोन्मुख थाली नाच विश्व कीर्तिमान कायम गरेबापत वल्र्ड बुक अफ रेकर्डका तर्फबाट सेनालाई प्रमाणपत्र हस्तान्तरण गरियो। सोही अवसरमा वल्र्ड बुक अफ रेकर्डका नेपालस्थित निर्णायकलाई प्रशंसा पत्र प्रदान गरियो।

त्यसअवसरमा विकट भौगोलिक अवस्था तथा चुनौतीपूर्ण मौसमी वातावरणमा प्रकृति संरक्षणमा महत्त्वपूर्ण योगदान गर्ने सकलदर्जालाई प्रकृति संरक्षण पदकबाट सुशोभित गरियो।

यसवर्ष एक हजार पाँच सय १३ जना सकलदर्जाले उक्त पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। यस्तै सङ्गठनमा विशिष्ट योगदान पु¥याउने मानार्थ उपसेनानीमा पदोन्नति भएका ४२ पदिलाई दज्र्यानी चिह्न प्रदान गरियो। रासस

प्रकाशित: २३ आश्विन २०८१ ०९:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App