२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

घाँस काटेर दशैं खर्च जुटाउँदै जुम्लाका महिला

जुम्लाको सिंजा गाउँपालिका- ६ की सस्मिता रावत दिनहुँ घाँस काट्छिन्। रावत गाउँबाट हप्ता दिनअघि घाँस काट्न जुम्लाको सदरमुकाम खलंगा झरेकी हुन्।

घाँसबाट अहिलेको दसैंमा खर्चको जोहो हुनेछ । सस्मिता जस्तै दर्जनौं महिला घाँस काट्न व्यस्त देखिन्छन्। उनीहरूले घाँस काटेबापत प्रतिदिन ८ सय रुपैयाँ ज्याला पाउँछन्। उनले भनिन्, ‘यही असोज ९ गतेदेखि काम लागेकी हुँ। २४ गते (फुलपाती) सम्म काट्ने छौं। नगद १२ हजार रुपैयाँ बुझ्ने छु।’

अर्को बाटु रावत ८ हजार, सर्जनाले ९ हजार ८ सय र कमला रावतले ११ हजार रुपैयाँ कमाइ गरेकी छन्। जुम्लामा हिउँदे सिजनमा हिउँ पर्ने र खडेरी हुनाले गाईवस्तु, भेडाबाख्रा र भैंसीलाई खुवाउन घाँस काट्ने गरिन्छ। उनी सदरमुकामकाे जनता माविमा १२ कक्षामा पढ्छिन्।

पढाइ अघिपछि बँचेको समयमा घाँस काट्ने काम गर्ने गरेको सस्मिताले बताइन्। दसैं खर्च र  ‘पढाइ खर्च जुटाउन कामपर्ने बाध्यता छ, ’ उनले भनिन्, ‘पढाइका लागि आवश्यक पर्ने किताब, कापी, कलम, विद्यालय ड्रेस र अहिलेको दसैं खर्च यही रकमले काम चलाउँछु।’

उनी मात्र हैन, गाउँघरका अन्य धेरै विद्यार्थी काट्न बजार देखिन्छन्। दसैं नजिकै आएपछि जुम्लाका गाउँवस्ती महिला हरियो घाँस काटेर चाडवाडको खर्च जोहोमा लागि परेका छन्।

यस्तै अर्की मिना बुढा पनि आजभोलि घाँस काटेर खर्चकाे जाेहाे गरेकाे बताउँछिन्। उनले भनिन् , ‘विहान ८ बजे जान्छौं। साँझ ५ बजे फर्केर घर पुग्छौं। दिउँसोभरि साहुको घाँस काट्छौं।’

साँझ नगद रुपैयाँ हातमा पर्दा दुख हराउँछ। बुढाले भनिन्। १७ दिन घाँस काटेर १३ हजार ६ सय रुपैयाँ कमाइयो, अब बजारको बसाइँ छ। कोठा भाडा, चामल, दसैंको मासु र सफिङ (लुगाफाटो) गर्ने तयारी गरेको बताइन्।

यस्तै अर्की प्याउरी रोकायाले पनि घाँसबाट राम्रो कमाइ भएकाे सुनाइन्। ७/८ जना जान्छौं,दुखसुख साटासाट गर्छौ। दुखको अनुभव हुँदैन। प्यारीले भनिन्।

उनले पनि १३ हजार ६ सय नगद बुझेको मुस्कुराउदै खुसी भइन्। काटेको घाँस सुकाएर हिउँदमा खुवाउने गर्छन्। पुष र माघमा बढी हिउँ पर्छ। जुम्लाका महिलाहरू घाँस काट्न आजभोलि वनपाखा र खेतबारीमा व्यस्त छन्। जताततै मानिस घाँस बोकेको र काट्दै गरेको  देखिन्छन्।

प्रकाशित: २१ आश्विन २०८१ १२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App