२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

यस्तो छ तपाईंको आजको राशिफल

मेष राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। व्यवसायमा धन आर्जन कमहुने योग देखिन्छ। इष्ट मित्रसँग वैचारिक मेलको योग रहेको छ। अध्ययनमा समय ठिक छ। स्वदेश यात्राको समय रहेको छ।

वृष राशिः अध्ययनको क्षेत्रमा सफलता प्राप्त हुने छ। धन खर्च हुने समय छ। व्यापार व्यवसायमा कम फल प्राप्तिको समय छ। जल उद्योगमा लगानि गर्दा राम्रो हुन्छ। कार्यमा प्रयास गर्दा थोरै मौका प्राप्त हुने देखिन्छ।

मिथुन राशिः पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। काममा विवाद हुन सक्ने हुँदा, जोगिनु होला। अध्यनार्थीहरुलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। सबारी साधन क्रयको योग छ। वैदेशिक यात्रामा भाग्य राम्रो छ।

कर्कट राशिः वाणी सिद्धि हुने समय छ।  विद्यार्थीहरुको लागि पढाई राम्रो हुने दिन रहेको छ। अग्रजमा सामान्य चर्म रोग देखा पर्न सक्ने छ। व्यापार व्यवसायमा अशुभ देखिन्छ। यात्रामा फल प्राप्त योग छ।

सिंह राशिः घर परिवारमा प्रेम सद्भाव रहनेछ। अध्ययनमा सफलता मिल्ने छ। व्यापार गर्नेहरुलाई  मध्यम छ। सामान्य  चर्म रोग देखिन सक्छ। नयाँ कार्यमा थोरै लाभ आँउने  छ। उन्नति प्रगति कमहुने दिन छ।

कन्या राशिः काष्ठ उद्योगमा लगानि गर्दा राम्रो हुन्छ। कार्यमा प्रयास गर्दा मौका प्राप्त हुने देखिन्छ। अध्ययनको क्षेत्रमा सफलता प्राप्त हुने छ। व्यवसायमा विशेष फल प्राप्तिको समय छ। लगानीको केहि धन प्राप्त हुने देखिन्छ।

तुला राशिः जिम्मेवारि प्राप्त हुने योग छ। राजनीतिक सफलता मिल्नेछ। मित्रसँगको भेटघाट रमाइलो हुनेछ। नयाँ कार्यगर्दा बिचार पूर्वक गर्नुहोला। कठिन पराक्रमबाट कार्य सिद्धि हुने योग छ। यात्राको योग रहेको छ।

वृश्चिक राशिः अध्ययनार्थीकालागि दिन राम्रो रहेको छ। व्यवसायमा उचित लाभ प्राप्त हुने छ। हल्का कार्यबाधा  योग परेको छ। उन्नती कमहुने योग देखिन्छ। भूमि सम्वन्धी काममा आयको समय छ।

धनु राशिः अध्ययनमा सफलता मिल्ने योग छ। बिलासी  खानपानमा प्रवेश नगर्नु नै वेस हुन्छ। व्यापारमा फल प्राप्त हुने छ। अरु क्षेत्रमा राम्रो फल प्राप्त हुने छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

मकर राशिः व्यापारको कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। बिलासी कार्यमा प्रवेश नगर्नु होला। आर्थिक क्षेत्रमा आंशिक सफलता मिल्नेछ। अध्यनार्थीहरुलाई ज्ञानमा रुची बढ्ने छ। यात्राको योग मध्यम देखिन्छ।

कुम्भ राशि: व्यापारको क्षेत्रमा अर्थ लगानीमा केहि बाधा छ। राजनीति क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कार्य सिद्धिमा सामान्य दोष छ। सामान्य चर्म रोग देखिन सक्छ। धार्मिक कार्यमा रुचि मध्यम देखिन्छ।

मीन राशि: व्यापारको धन आउने योग छ। यात्रा गर्दा दिनको शुरु मै गर्नु होला। स्वास्थ्यमा हल्का बिकार आउने देखिन्छ। सामाजिक सम्मान मिल्ने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ।

प्रकाशित: २० आश्विन २०८१ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App