१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

दसैंभरी काठमाडौं-नारायणघाट सडकमा ठुला सवारी सञ्चालनमा रोक

फाइल तस्बिर

काठमाडौं-नारायणघाट-काठमाडौंसम्म ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापना बिहीबारदेखि कोजाग्रत पूर्णिमा कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

काठमाडौं भित्रने र बाहिरिने मुख्य नाकाका रुपमा रहेको यो राजमार्गमा दशैंका समय यात्रुबाहक सवारी साधनको चाप अत्यधिक हुने भएकाले सवारी सञ्चालनमा रोक लगाइएको विभागले उल्लेख गरेको छ । विभागका महानिर्देशक राजीव पोखरेलले औषधि र तरकारी बोकेका बाहेक अन्य ठुला सवारी साधन सञ्चालन भएको पाइए आवश्यक कारबाही गर्ने चेतावनी दिए ।  

विभागको निर्णयअनुसार प्रहरीले ठुला सवारी साधनलाई काठमाडौं र नारायणघाटमै रोकेर राखेका छन् ।  

यातायात आवागमन सहज बनाउन भन्दै विभागले आयातित मालवाहक सवारीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालयल खुलेको अवस्थामा नरोक्ने निर्णय पनि गरेको छ । 

प्रकाशित: १८ आश्विन २०८१ १५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App