१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

‘सुगर ड्याडी’लाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं जिल्ला अदालतले सुगर ड्याडी’को नामले चिनिएका आशिष देउलालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको हो ।  

देउलासँगै उदयपुर घर भएका २२ वर्षीय ओजस्वी तामाङलाई पनि अदालतले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

युवा–युवतीलाई रडले डामेर यातना दिने आशिष देउलाविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौँले अपहरण तथा शरीर बन्ध र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो । ३३ वर्षका देउलासहित ४ जना भदौ १८ मा पक्राउ परेका थिए । उनको समूहले भदौ ७ गते विशाल पोडेलाई टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगेर यातना दिएका हुन् । पानी तताउने विद्युतीय रड तताउँदै विशालको शरीरमा पोलेर करिब ३ घण्टासम्म बन्धक बनाएर चरम यातना दिएको प्रहरीको दाबी छ । उनीहरुको समूहले विभिन्न समयमा युवा तथा युवतीहरुलाई यातना दिने गरेको भेटिएको प्रहरीले बताएको छ ।  

देउलासँगै २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन का २२ वर्षका साजन गुरुङ पक्राउ परेका थिए ।

प्रकाशित: १६ आश्विन २०८१ १८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App