१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पाण्डाका प्रशंसकको भिड

यस्ताे पनि!

केही वर्षदेखि जापानको टोक्योस्थित युएनो चिडियाखानामा वार्षिक हजारौँ मानिसलाई रमाइलो गरिरहेको एक जोडी पाण्डा अब युएनोमा देखिने छैनन्। उनीहरूलाई शनिबार उपचारका लागि चीन लगिने भएपछि तिनका हजारौँ प्रशंसक ओइरिए। उनीहरूको सुस्वास्थ्यको कामना गरे।

री री र शिन शिन नामका यी पाण्डा जोडी सियाङ सियाङका सन्तान थिए। री री र शिन शिनले यही पार्कमा पहिलो पटक आँखा खोलेका थिए। यी दुई जन्मिएपछि चीनले गत वर्ष सियाङ सियाङलाई फिर्ता लगेको थियो।

अभिभावक बिना री री र शिन शिनले आफ्ना प्रशंसकहरूलाई मनोरञ्जन गराइरहेका थिए तर जब यिनको स्वास्थ्यमा गडबडी देखियो, तिनलाई उपचारका लागि चीन लैजानुपर्ने भयो। त्यसपछि यिनका दुई हजारभन्दा बढी प्रशंसकहरू भेला भएर सुस्वास्थ्यको कामना गर्दै बिदा गरे।

आफ्ना अभिभावकसँग जापान पुगेका री री र शिन शिन सन् २०११ मा पहिलो पटक आइपुगेका थिए। यतिबेला उनीहरू दुवैको उमेर १९ वर्ष पुगिसकेको छ। चीनसँग गरिएको सम्झौताअनुसार, यिनहरूको स्वास्थ्यमा केही गडबडी भएका खण्डमा उपचार गर्न चीन फर्काउनुपर्नेछ। सोही सम्झौताअनुसार, यी दुवैमा उच्च रक्तचाप देखिएपछि उपचारका लागि चीन लैजान लागिएको थियो।

बिहान ५ बजेदेखि यी पाण्डाको बिदाइका लागि लाइनमा लागेका हिरोनो सासाकी रुँदै भनिरहेकी थिइन्, ‘म जहिले यहाँ आउँथेँ, उनीहरू रुखमा चढेर अनेक भंगी गरिरहेको देख्थेँ। यिनलाई देख्दा मात्र पनि मेरा सारा पीरव्यथा बिर्सन्थेँ। अब यिनीहरू यहाँ  देखिने छैनन्।’

चीनले संसारका विभिन्न मुलुकलाई मुलुकको उपहारका रूपमा यो दुर्लभ जनावर दिने गरेको छ। यसको स्वास्थ्य र अन्य रेखदेखसँगै यिनले जन्माएका सन्तानमाथिको अधिकार भने चीनले आफूसँगै राख्ने गर्छ। सोही नियमअन्तर्गत रीरी र शिन शिन उपचारका लागि चीन जान लागेका हुन्। उनीहरूको चीनमा सम्पूर्ण उपचारपछि जापान फर्कने वा नफर्कने भन्नेबारे थाहा हुन सकेको छैन।

संसारकै दुर्लभ प्राणीको रूपमा रहेको पाण्डा संसारमै एक हजार आठ सय वटा मात्र छन्। थप पाँच सय पाण्डाहरू संसारका विभिन्न चिडियाखानामा छन्। धेरैजसो पाण्डाहरू भने सिचुआनस्थित निकुञ्जमा पाइन्छन्।

प्रकाशित: १३ आश्विन २०८१ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App