१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कुटी र धर्मशालामा बस्ने एक सय जनाको उद्धार

नारायणी नदी बस्तीमा पस्न सक्ने जोखिम बढेपछि भरतपुर महानगरपालिका–१ देवघाटका करिब एक सय जनाको उद्धार गरिएको छ।

गए राति १ः३० बजे जयभोले कुटी र अखण्ड धर्मशालामा बस्ने उनीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

निरन्तरको वर्षातसँगै नदीमा जलसतह बढेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन अनुराेध गरिएको छ।

प्रकाशित: १२ आश्विन २०८१ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App