१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

अपराधीलाई इन्टरनेट प्रतिबन्ध

यस्ताे पनि!

बेलायतमा पछिल्लो समय जेल सजाय पाउनेको संख्या अभूतपूर्व रूपमा बढेको छ। गत अगस्तमा बेलायतभरिका एक सय जेलमा ८८ हजार पाँच सय २१ जनाले विभिन्न अपराध सजायलाई भुक्तान गरिरहेका छन्। यही दरमा जेल जानेको संख्या बढ्ने हो भने अपराधीलाई थुन्न कुनै पनि ठाउँ बाँकी रहने छैन।

यस्तोमा हालै नेसनल पुलिस चिफ्धस काउन्सिलको बैठकमा नयाँ प्रस्ताव गरिएको छ। सो प्रस्तावअनुसार, अपराधीलाई जेल सजायको साटो इन्टरनेट प्रयोग गर्ने सुविधा दिइने छैन। यसो गर्दा समाज सुरक्षित हुने प्रहरीको आकलन छ।

हरेक वर्ष बेलायतमा प्रहरी अधिकारीहरूको सम्मेलन हुन्छ। यस्तो सम्मेलनमा प्रहरीहरूले समाजलाई सुरक्षित पार्न आवश्यक नयाँ कदमका बारेमा छलफल गर्ने गर्छन्।

सम्मेलनमा अधिकारीहरूले कृत्रिम कारागारमा जोड दिनुपर्ने बताएका छन्। अपराधीहरूलाई कमभन्दा कम स्वतन्त्रता दिने, हिँडडुलका ठाउँ सीमित पार्ने र कतिपय अवस्थामा उनीहरूलाई इन्टरनेटबाट वञ्चित गर्नुपर्ने प्रस्तावहरू राखिएका छन्। यस्ता काम गरिएको खण्डमा समाज सुरक्षित हुने बताइएको छ।

पछिल्लो समय बेलायतमा न्यायिक निरूपण निकै सुस्त भएकाले आपराधिक क्रियाकलापमा ढिला निर्णय हुने गरेको छ। कहिलेकाहीँ त रिमान्डमा रहेका थुनुवाहरू वर्षौंसम्म अदालतको निर्णय कुरिरहेका हुन्छन्। रिमान्डमा रहेकालाई पुनस्र्थापना गर्न गाह्रो भइरहेको अधिकारीहरूको भनाइ छ।

प्रकाशित: ११ आश्विन २०८१ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App