४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

पक्राउ परेका तारा बहादुर शाही।

तनहुँ प्रहरीले सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई १९ वर्षपछि नियन्त्रणमा लिएको छ।

धादिङको बेनिघाट रोराङं गाउँपालिका घर भएका ४५ वर्षीय तारा बहादुर शाहीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।

२०६२ साल असोज २५ गते आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोक स्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ७८६ नम्बरको यात्रुवाहक बसले चलाइरहेका शाहीले ग २ प २४७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थिए।

सो दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार दुवै जनाको मृत्यु भएको थियो। त्यसपछि शाहीविरुद्ध सवारी ज्यान सम्बन्धी मुद्दा चलाइए पनि उनी विगत १९ वर्षदेखि फरार रहँदै आएका थिए।

लामो समयदेखि फरार रहेका शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कारबाही पक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।

प्रकाशित: ३ आश्विन २०८१ १६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App