१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

खोलाले बगाएर बेपत्ता तीर्थयात्री मृत फेला

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नु पूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्री मृत फेला परेकी छन्।

मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका–३ का हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएर बेपत्ता बनाएको थियो।

७२ वर्षीय अधिकारीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए। उनका अनुसार स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले दुप्चेश्वर–६ स्थित गोडापुलस्थित तादी खोलामा शव फेला पारेको हो।

मन्दिर दर्शनको लागि परिवारसहित काठमाडौंबाट दुप्चेश्वर आएकी अधिकारी स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता  भएकी थिइन।

प्रकाशित: १ आश्विन २०८१ १४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App