१४ असार २०८३ आइतबार
image/svg+xml
समाज

आमा समूहलाई वडाले सक्दाे सहयाेग गर्ने

वडाले आमा समूहलाई गर्नुपर्ने सक्दाे सहयाेग गर्ने भएकाे छ। प्रगतिटोल नमूना आमा समूह प्रगतिटोल चाउथे पोखराको चौथो अधिवेशन तथा एघारौं साधारण सभामा प्रमुख अतिथि पोखरा महानगरपालिका वार्ड - १४ का वडाध्यक्ष बोधराज कार्कीले यस्ताे बताएकाे हाे। उनले प्रगतिटोल नमूना आमा समूहलाई  शुभकामना दिंदै वडाले समूहलाई सक्दाे सहयाेग गर्न हमेसा तत्पर रहेको बताए।

प्रगतिटोल नमूना आमा समूहकाे चौथो अधिवेशन तथा एघारौं साधारण सभाले शर्मिला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

अधिवेशनले प्रथम उपाध्यक्ष सावित्रा अधिकारी, द्वितीय उपाध्यक्ष द्रौपदी पौडेल, सचिव तुलसा पुन, कोषाध्यक्ष कान्ता कोइराला पोखरेल, सहसचिव सीता खड्का, सहकोषाध्यक्ष निरु ढकाल, सदस्यहरू- समुद्र थापा, माया गुरुङ, लक्ष्मी हमाल खाँड, सानू अधिकारी, दयाकुमारी आले, विष्णु खत्री, ललिता खड्का, शान्तिदेवी थापा, भोला राना, खिमा केसी, यामकुमारी गुरुङ, गिता रायमाझी, मायागिरि, पार्वती श्रेष्ठ, चन्द्र शेरचन, दिपा खड्का, रञ्जु साहचयन गरेको छ। त्यसैगरी कार्य समितिले  सम्झना भुजेल, गिता अधिकारी र उमा गुरुङलाई सल्लाहकारमा मनोनित गरेको छ।

कार्यक्रममा विशेष अथिति पोखरा महानगरपालिका १४ का  वडा सदस्य कृष्णहरि काफ्ले, अतिथिहरूमा प्रगतिटोल विकास समितिका अध्यक्ष मिनाबहादुर गुरुङ, टोल विकास समितिका  सचिव गोविन्द सापकोटाले पनि शुभकामना दिएका थिए।   

प्रकाशित: १ आश्विन २०८१ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App