७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक भासिएपछि १२ दिन सडक बन्द गरेर मर्मत गरिँदै

सालझन्डी-सन्धिखर्क-ढोरपाटन सडकखण्ड अन्तर्गत भण्डार क्षेत्रमा १२ दिनका लागि यातायात आवागमन बन्द हुने भएको छ। अविरल वर्षाका कारण सडक भासिएपछि मर्मतका निमित्त सवारी आवागमन बन्द गर्न लागिएको हो।

मालारानी गाउँपालिका-५ अन्तर्गत पर्ने बेताने क्षेत्रमा सडक भासिएकोले असोज १ देखि ११ गतेसम्म सडक बन्द रहने छ। यातायात बन्द हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न स्थानीयलाई आग्रह गरिएको छ।

जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालाको नेतृत्वमा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, सुरक्षा निकायका प्रतिनिधि लगायतको टोलीले स्थलगत अनुगमन गरी बाटो बन्द नै गरी मर्मत आवश्यक भएको निष्कर्ष निकालेका हुन्।

चाडपर्वका बेला कुनै अप्रिय घटना नघटोस् भनेर सडक मर्मतको काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। चाडपर्वमा सवारीको चापलाई मध्यनजर गर्दै मर्मत कार्य छिटो सक्न योजना समेत बनाइएको उनले सुनाए।

सडक आयोजनाका सूचना अधिकारी दिक्षा बस्यालका अनुसार, मर्मत कार्य १२ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: ३० भाद्र २०८१ १९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App