१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना: १५ जना घाइते

तनहुँको आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

बुधबार दिउँसो करिब ४ बजेर १० मिनेटको समयमा मुग्लिनबाट तनहुँ तर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस आँबुखैरेनी गाउँपालिका कार्यालयअगाडि रहेको खहरे खोलामा बनेको पुरानो र नयाँ पुलको बीचमा रहेको खोल्सामा खसेर दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीका अनुसार दुर्घटनामा परेका १५ जना घाइतेमध्ये ३ जनाको अवस्था मध्यम रहेको छ भने बाँकी १२ जनाको अवस्था सामान्य छ।

घाइतेमध्ये गोरखा पालुङटार–७ का ६५ वर्षीय मनराज परियारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि उनलाई चितवन रिफर गरिएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए।

प्रकाशित: २६ भाद्र २०८१ १७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App