१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

फेरिए ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी

गृह मन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ।

जस अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ। काठमाडौँमा कार्यरत जितेन्द्र बस्नेतलाई भने गृह मन्त्रालयमा तानिएको छ। आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए।

यस्तै, सिन्धुपाल्चोकमा किरण थापालाई पठाइएको छ भने सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदीलाई प्रजीअको जिम्मेवारी दिइएको छ।

त्यसैगरी अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा बाबुराम अर्याललाई पठाइएको छ।

प्रकाशित: २६ भाद्र २०८१ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App