१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पर्यटन बोर्डका सिइयो जोशीविरुद्ध रिट

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृतका अर्का प्रतिस्पर्धी धनञ्जय रेग्मीले बुधबार जोशीको नियुक्तिलाई कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका हुन ।

परीक्षामा आफूले बढी नम्बर प्राप्त गरेपनि नियमविपरीत जोशीलाई नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदनमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरिएको छ ।

रिट निवेदनमा भनिएको छ, “कानुनतः परीक्षा प्रणालीको नजितामा निर्भर भई नियुक्ति गर्नुपर्नेमा तजबिजि अधिकार प्रयोग गरेर अधिकार क्षेत्र सीमितको आधारमा बदरभागी छ ।”

बोर्ड सञ्चालक समितिको गत बिहीबारको बैठकले जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनले पदबहाली गरी कामसमेत सुरु गरिसकेका छन ।  

प्रकाशित: २५ भाद्र २०८१ २०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App