१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

माछा मार्ने क्रममा डुबेर ७ वर्षीय बालकको मृत्यु

कपिलवस्तुमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

यसोधरा गाउँपालिका–५ बैदौलीमा स्थानीय मोहम्मद मुसलमानका ७ वर्षीय छोरा मोहम्मद उमर मुसलमानको मर्सैया खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको हो।

डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले जानकारी दिए।

प्रकाशित: २५ भाद्र २०८१ १९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App