१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गर्दै पूर्जा

पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गर्दै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटामा बिना अक्सिजनको सहायता आरोहण गरेका छन्।

विश्वकै दोस्रो अग्लो हिमाल केटुबाट सुरु भएको अभियान अन्तर्गत विश्वको सातौँ अग्लो धौलागिरि हिमाल र १० औँ अग्लो हिमालको समेत आरोहण गरेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पूर्जाले आरोहणका लागि सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको केटुबाट सुरु भएर कञ्चनजंगा हुँदै विश्वकै अग्लो सगरमाथा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो रहेको छ ।

अब तिब्बतमा रहेको शिशापङ् मात्रै बाँकी छ । ‘अब यो पनि छिट्टै आरोहण गर्नेछु, नेपाललाई पर्वतारोहणको क्षेत्रबाट चिनाउने नै मेरो पहिलो लक्ष्य रहेको छ’ आरोही पूर्जाले भने । 

उनले हालसम्म ८ हजार मिटर बाहेक अन्य हिमाल गरी १८ वटा रहेको छ । आरोही पूर्जाको कम्पनी इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सह–संस्थापक मिङ्मा डेविड शेर्पाले हिमाल आरोहणका क्षेत्रमा पुस्त पुस्तासम्म सम्झिन लायक रेकर्ड बनिरहेको बताए । पहिलो पटक विश्वभर कीर्तिमानी कायम गर्ने अभियानमा पनि पूर्जाले अन्तिममा विश्वकै चौथो अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरेका थिए । १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा छन् ।

पूर्जाले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको समेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पारेका थिए । हालसम्म विश्वका आठ हजार मिटर अग्ला हिमालहरू ४७ पटक भन्दा बढी आरोहण गरेका छन् । उनको धेरै पटक आरोहण गर्ने, जाडो याममा समेत आरोहण गर्ने जस्ता कीर्तिमानीहरू थपिँदै गएको छ । सन् २००३ मा पोखरास्थित ब्रिटिस क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभूत तालिमको ज्ञान प्राप्त गरेका थिए । 

कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिस आर्मीको कमाण्डो समेत गरेका थिए । उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा समेत काम गरेका पूर्जाले गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । 

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । म्याग्दीमा रहेको धौलागिरि र अन्नपूर्ण हिमालको प्रवर्धनमा समेत पूर्जा सक्रिय छन्। उनको कम्पनीबाट यी दुई हिमालमा विभिन्न देशका आरोहीले आरोहण गरेका छन् । 

प्रकाशित: २५ भाद्र २०८१ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App