२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

नागरिककर्मी खड्कालाई राष्ट्रिय पुरस्कार

नागरिक राष्ट्रिय दैनिककी संवाददाता सविता खड्कालाई मानव बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रणका लागि निरन्तर समाचार तथा लेख लेखेका कारण यस वर्षको राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बिहीबार राजधानी काठमाडौंमा आयोजित मानव बेचबिखन विरुद्धको १८औं राष्ट्रिय दिवस मूल समारोहमा खड्कालाई पुरस्कृत गरिएको हो।

मानव बेचबिखन अपराधले नयाँ आयाम लिइरहेको बेला यसलाई नियन्त्रण गर्न तीनै तहका सरकारले समन्वयात्मक भूमिका निर्वाह गरिरहेका छन्। वैदेशिक रोजगारी तथा अन्य अवसरका नाममा मानव बेचबिखन भई सर्वसाधारणले भोगिरहेको अप्ठ्यारो अवस्थालाई संवाददाता खड्काले नियमित रूपमा समाचार लेख्दै आएकी छन्।

मन्त्रालयले उनका समाचार तथा लेखहरूको मूल्यांकन गरी यो पुरस्कार दिएको हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी, महिला आयोग अध्यक्ष कमला पराजुली लगायतले सामूहिक रूपमा पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।

उनीसँगै अन्य विभिन्न व्यक्ति र संस्थालाईसमेत सम्मान प्रदान गरिएको छ। त्यसैगरी नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले समेत संवाददाता खड्कालाई एक अर्को समारोहमा बिहीबारै सञ्चार क्षेत्रबाट गरेको योगदानका निम्ति प्रशंसापत्र प्रदान गरेको छ।

मानव बेचबिखन तथा ओसारपसार अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने कार्यमा आम जनताका माझ यो विषयवस्तुलाई पुर्‍याई सुसूचित गरेबापत यो प्रशंसापत्र दिइएको हो।

प्रकाशित: २१ भाद्र २०८१ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App