७ पुस २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीमा नक्कली नोट बनाउने सामग्रीसहित आठ पक्राउ

नक्कली नोट छाप्ने विभिन्न सामग्रीसहित सर्लाही प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दुई भारतीय पनि छन् ।  

सर्लाहीको गोडैता नगरपालिका १२ मधुवनी टोलमा सिंचाइको लागि गाडिएको बोरिङको खाली रहेको घरको कोठाभित्र नक्कली नोटको कारोबार तथा छपाइसम्बन्धी शंकास्पद गतिविधि भएको सूचनाको आधारमा प्रहरीले छापामारी आठ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ चन्द्रागिरी नगरपालिका १५ का २६ वर्षीय सौगात थापा मगर, ४७ वर्षीय विजय लामा, ललितपुर महानगरपालिका कुपोन्डोलका ३३ वर्षीय संजय राना मगर, भक्तपुरको चाँगुनारायणका ३७ वर्षीय अमित खत्री, सर्लाहीको गोडैता नगरपालिका १२ का ३२ वर्षीय जनर्धन सिंह, रौतहटको नराई टोलका ३० वर्षीय विशाल राई छन् । यस्तै प्रहरीले भारत बिहारका ४९ वर्षीय पप्पु भन्ने राजीव ठाकुर र ४० वर्षीय सुबोध कुमारलाई नियन्त्रणमा लिएको छ ।  

पक्राउ परेकाहरुबाट प्रहरीले एक हजारको नोट साइजको कालो रंगको १४ थान कागज, १३ लिटर तरल पदार्थ र ९५ हजार ८५० नेपाली रुपैयाँ बरामद गरेको छ । यसैगरी किप्याड दुई थान, मोबाइल १० थान, भारतीय नम्बर प्लोटको एउटा मोटरसाइकल तथा नेपाली नम्बर प्लेटको एउटा स्कारपिओ पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका मानिस तथा सामानसहित अन्य विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि रविन्द्रकुमार सिंहले बताएका छन् । 

प्रकाशित: १७ भाद्र २०८१ १६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App