३० भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

पहिराे खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

फाइल तस्बिर

पृथ्वी राजमार्गको गल्छी-गजुरी सडक खण्ड अवरुद्ध भएको छ। राजमार्गको सो सडक खण्डमा पर्ने आदमघाट नजिकै वर्षासँगै आएको पहिराे खसेपछि दुवैतर्फ सडक अवरुद्ध भएको हो।

राजमार्गमा पहिरो पन्छाउने प्रयास भईरहेको छ। पहिरो पन्छाउनका लागी प्रहरी उपकरणसहित पहिरो खसेको स्थानतर्फ गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ।

पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीको भनाई छ। पहिरोका कारण सो राजमार्ग भएर काठमाडौं प्रवेशका लागी आएका रात्रिसेवा यातायातका सवारीसाधन र बिहान काठमाडौंबाट देशका विभिन्न ठाउँका लागी छुटेका सवारीका साधनहरु सडकमै रोकिएका छन्।

प्रकाशित: १७ भाद्र २०८१ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App