६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ईपीजी र सीमाको विषय राजदुत तहमा छलफल गर्ने विषय होइन: भारतका लागि प्रस्तावित राजदुत शर्मा

भारतका लागि प्रस्तावित राजदुत डा। शंकर शर्माले प्रबुद्ध व्यक्तिहरूको समूह ९ईपीजी० र सीमाको राजदुत तहमा छलफल गर्ने विषय नभएको बताएका छन् ।

आईतवार संसदीय सुनुवाइका क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा भारतका लागि पूर्वराजदुत समेत रहेका  उनले ईपीजी र सीमाको विषय आफूहरूको लेभलभन्दा माथि गइसकेको टिप्पणी गरेका हुन ।

८ वटा भन्दा उच्चस्तरीय भेटघाट भइसकेकाले ती दुवै विषय राजदुतको लेबलभन्दा धेरै माथि गइसकेको प्रस्तावित राजदुत शर्माको स्पष्टीकरण थियो । उनले नेपालले सो ईपीजीको विषयमा अड्केर बस्न नहुने धारणा समेत राखे ।

ईपीजी भारतले नबुझेको कुरालाई नेपालले लिई रहे आर्थिक सहकार्यका अरु कामहरू अघि नबढ्ने आफूलाई लागेको पनि प्रस्तावित राजदुत शर्माको बुझाई थियो । उनले दुई मुलुकबिचको ईपीजी र सीमा समस्याको विषयमा एकपछि अर्को गर्दै समाधान गर्दै जानुपर्ने बताए । 

प्रस्तावित राजदुत शर्माले आफूले यस अघि भारतको राजदुतको रुपमा रहँदा विद्युत् खरिद सम्झौताका लागि बङ्गलादेश सहितको त्रिदेशीय विद्युत् निर्यात सम्झौतामा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको दाबी समेत गरे । 

प्रकाशित: १६ भाद्र २०८१ १९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App