३० भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

कर्णाली राजमार्ग छिटो खुलाउन माग

अवरुद्ध कर्णाली राजमार्ग तत्काल खुलाउन जुम्लावासीले सरकारसमक्ष माग गरेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै विभिन्न ठाउँमा पहिरो गई राजमार्ग अवरुद्ध हुँदा जुम्ली स्याउ कुहिने अवस्था आएकाले सडक खुलाउन माग गरेका हुन्।

‘पहिरोका कारण निरन्तर कर्णाली राजमार्ग बन्दै हुँदै आएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘स्याउ बोकेका सयौं मालवाहक ट्रक सडकमै अलपत्र छन्। यो अवस्था एकदुई दिन मात्र लम्बिएमा स्याउ कुहिने छ। त्यसैले सरकारले जनशक्ति र बढीभन्दा बढी उपकरण परिचालन गरी सडक सञ्चालन गर्नुपर्ने देखिन्छ।’

राजमार्गका दहीखोला, एसमोड, मेयरखोला, गगनेखोलालगायतका स्थानमा पहिरो खसेको छ। सडकमा स्याउ, दैनिक उपभोग्य सामान र यात्रु बोकेका सवारी साधन अलपत्र छन्। उनीहरूले तत्काल राजमार्गको पहिरो हटाउन बजेट व्यवस्थापन गर्नसमेत माग गरेका छन्।

बाटोमा रोकिएका स्याउ बोकेका गाडी तत्काल गन्तव्य पठाउने गरी पहिरो पन्छाउन आग्रह गर्नेहरूमा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही, अधिवक्ता तथा पत्रकार महासंघ जुम्लाका संस्थापक नरेन्द्रनाथ योगी र नागरिक समाजका संयोजक राजबहादुर महतलगायतका छन्।

प्रकाशित: १५ भाद्र २०८१ १९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App