२९ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

एमालेको तिज: ‘सोचे झैँ जिन्दगी रैनछ’ मा नेताका ठुम्का

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

नेकपा एमालेको मुख्यालयमा शनिबार तिज पर्वको उल्लासमय माहोल देखिएको छ। महिला नेताहरुको सम्मानमा एमालेको गण्डकी प्रदेश सम्पर्क समितिले मुख्यालयमा तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा तिज विशेष कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा पार्टीका महिला तथा पुरुष नेताहरू रमाइरहेको तस्बिर तथा भिडियोहरूमा देखिन्छ। भिडिओमा खेम सेन्चुरी र मधु क्षेत्रीको तिज गीत  ‘सोचे झैँ जिन्दगी रैनछ’ गीत बजेको सुनिन्छ, जसमा बाक्लो संख्यामा रहेका नेताहरू रमाइरहेका देखिन्छन्। जसमा पद्‌मा अर्याल, अष्टलक्ष्मी शाक्य, लालबाबु पण्डित लगायत छन्।

यसबाहेक पनि एमालेका विभिन्न तहका नेतृ-नेताहरू र कार्यकर्ताहरूले तिजका परम्परागत गीतमा सामूहिक नृत्य प्रस्तुत गर्दै सांस्कृतिक समन्वयको उदाहरण प्रस्तुत गरेका थिए। तिज पर्वको रौनकले एमाले मुख्यालयलाई उल्लासमय बनाएको थियो।

तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १५ भाद्र २०८१ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App