२९ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

रोल्पामा मदिरा सेवन गरी आफ्नै आमामाथि बलात्कार, छोरा पक्राउ

रोल्पामा आफ्नै आमामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका बस्ने ५६ बर्षीया आमालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २९ वर्षीय एक पुरुष (छोरा) लाई गिरफ्तार गरेको हो।

असम्भव प्राय मानिएको यस घटनाले यति बेला संगो समाजलाई स्तब्ध बनाएको छ। रोल्पा प्रहरीका अनुसार शुक्रबार मध्यरातमा सुतिरहेकी आमामाथि मुख छोपेर चिच्याउन नदिई जबरजस्ती करणी गरिएको थियो।

बलात्कारमा परेकी आमाले उक्त घटनाबारे छोरीलाई जानकारी गराएकी थिइन्। आरोपितको बहिनीको उजुरीपछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो। आमालाई बलात्कार गर्ने ती पुरुषले भने आफूले सो बेला मदिरा (रक्सी) सेवन गरेको र आफू हाेसमा नरहेको हुँदा के-के भयो भन्नेबारे केही थाहा नपाएको प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता, प्रहरी निरीक्षक केशवराज बराकोटीले इलाका प्रहरी कार्यालय होलेरीमार्फत हाडनाता करणी अन्तर्गत थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित: १४ भाद्र २०८१ २०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App