३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

चितवनको कालिकामा चट्याङ लागेर एक जनाको मृत्यु

चितवनमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका १० स्थित पाईमराङका ५० वर्षीय दिल बहादुर प्रजाको बिहीबार दिउँसो ३ बजे चट्याङ लागेर मृत्यु भएको हो ।

 चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार प्रजा आफ्नो घरभन्दा एक किलोमिटर पर रहेको सम्धिनीको घरमा बसिराखेको समयमा चट्याङ लगेर मृत्यु भएको हो । त्यस्तै सोही घरमा बस्दै आएकी २४ वर्षीय सरिता चेपाङ घाइते भएकी छिन् ।

उनको दायाँ हात र खट्टामा चोट लागेको छ । अहिले उपचारका लागि भरतपुर अस्पताल ल्याइएको प्रअ यादवले जानकारी दिए । 

प्रकाशित: १३ भाद्र २०८१ १८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App