१८ माघ २०८२ आइतबार
image/svg+xml
समाज

मर्स्याङ्दीमा खसेको बस निकाल्न सोमबार बिहान साढे ३ घण्टा पृथ्वीराजमार्ग बन्द गरिने

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार खसेको भारतीय नम्बर प्लेटको बस निकाल्नका लागि भोलि (सोमबार) पृथ्वीराजमार्ग साढे तीन घण्टाका बन्द हुने भएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै राजमार्ग अवरुद्ध हुनेबारे जानकारी दिएको हो।

जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङका अनुसार दुर्घटनापछि मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न ठूला मेसिनरी उपकरणहरूको आवश्यक पर्ने हुँदा साे समय राजमार्ग बन्द गरी बस निकाल्न लागिएको हो।

साेमबार (भाद्र १०) गते बिहान ६:३० देखि १०:०० बजेसम्म पृथ्वीराजमार्गको सो खण्डमा यातायात पूर्ण रूपमा बन्द गरिने उनले जानकारी दिए।

दुर्घटनाग्रस्त बसलाई सुरक्षित रूपमा नदीबाट निकालेर मात्र यातायात पुनः सुचारु गरिने प्रशासनले जनाएको छ। यस समयमा यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस शक्रबार मर्स्याङ्दी नदीमा खसको थियाे। जसमा  २७ जना भारतीय नागरिकले ज्यान गुमाएका थिए। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको थियो।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन पठाइएको छ। दुर्घटनामा घाइते भएका १६ जनालाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो। उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार जारी छ।

मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०८१ २०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App