२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

रामगोपालपुर २ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेश कुमार यादवको मृत्यु भएको छ।

लु.०१–००१ प ६३६२ नम्बरको कालो रातो मोटरसाइकल दुर्घटनामा परेर उनको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताएको छ।

प्रहरी प्रवक्ता डीएसपी सन्तु लाल प्रसाद जयसवारका अनुसार मोटरसाइकलमा सवार वडाध्यक्ष यादव उत्तरबाट दक्षिणतर्फ आइरहेको जस्तो देखिन्छ।

बर्दिबास नगरपालिका वडा नम्बर ८ स्थित कल्भर्टको पूर्वपट्टीको पर्खालमा मोटरसाइकल ठोक्किएको जस्तो देखिएको उनले बताए।

प्रकाशित: ९ भाद्र २०८१ ०९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App