२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

मङ्गलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध

मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मङ्गलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। 

शनिबार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मङ्गलसेन–ठाटीखाँद सडक अवरुद्ध भएको हो। उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको छ।

अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मङ्गलसेन नगरपालिकासँग समन्वय भइरहेको छ। -रासस 

प्रकाशित: ९ भाद्र २०८१ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App