२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सुरक्षित र जागरूक बनाउन किशोरीहरूलाई आत्मरक्षा तालिम

सर्लाहीको गोडैता नगरपालिकामा किशोरीहरूलाई सुरक्षित र जागरूक बनाउन आत्मरक्षा तालिम प्रदान गरिएको छ। गोडैता र बलरा नगरपालिकाका ६२ जना किशोर–किशोरीलाई तिन दिवसीय आत्मरक्षा तालिम दिइएको हो।

समुदायमा हुने हिंसा, दुर्व्यवहार र विभेदको विरुद्ध सहभागीहरूलाई हिंसा हुन नदिन आफुले लिनुपर्ने जिम्मेवारी, हिंसा भइहाले भने प्रतिरक्षा गर्ने शारीरिक र मानसिक विधि र हिंसा भइसकेपछि गर्नुपर्ने पहलहरूबारे ज्ञान लगायतको विषयमा सिकाइएको छ। साथै, सामाजिक सञ्जालको कसरी प्रयोग गरेर सुरक्षित रहन सकिन्छ भनेर समेत किशोर–किशोरीलाई जानकारी गराइएको छ।

गोडैता नगरपालिका ५ स्थित श्रीमती सरस्वती देवी कुशवाहा सामुदायिक विद्यालय र बलरा ९ स्थित सीताराम माध्यमिक विद्यालयमा सञ्चालन भएको आत्मरक्षा तालिमको सहजीकरण गल्र्स किकले गरेका थिए। किशोर–किशोरीका अगाडि आइपर्ने विभिन्न समस्यालाई तत्काल समाधान गर्न तथा कुबाटोबाट बचाउनको लागि पनि आत्मरक्षा तालिम प्रभावकारी रहेको राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका बाल संरक्षण अधिकृत अरविन्द प्रसाद कुशवाहाको भनाइ छ।

कार्यक्रमलाई गोडैता नपा ५ का वडाध्यक्ष श्रीप्रकाश गुप्ता, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बैजुशंकर राउत, नगर स्तरीय बाल क्लब सञ्जालका पदाधिकारीहरूले आत्मरक्षा तालिमलाई निकै प्रभावकारी भएको भनी प्रशंसा गरेका छन्।

समयानुकूल तालिम भएकोले यस प्रकारका अन्य तालिममा पनि किशोर किशोरीलाई सहभागी गराउनु पर्ने अभिभावकहरूको माग रहेको छ। यस्ता व्यावहारिक तालिमले किशोर किशोरीलाई सतर्क बनाउन सहयोग पु¥याउने अभिभावकहरूको भनाइ छ। 

प्रकाशित: ४ भाद्र २०८१ १६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App