२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

२९ वर्ष पछि पक्राउ

फाइल तस्बिर

 लिखत सम्बन्धी कसुर मुद्दामा फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले २९ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गे(साविक तिरिङगे गाविस वडा नं ९ स्थायी वतन भई हाल फुङलिङ नगरपालिका वडा नं १० बस्दै आएका देवीप्रसाद सेम्बू लिम्बू रहेका छन् । 

उनलाई खोजतलास गर्ने क्रममा घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरी जिल्ला अदालत ताप्लेजुङाबाट फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) बमोजिम ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए ।

 २०५२ साल वैशाख २६ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको पत्र जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी निज देवीप्रसाद भएको लिखत सम्बन्धी कसुर मुद्दामा वारदात मितिबाटै फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रकाशित: ४ भाद्र २०८१ १५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App