१५ पुस २०८१ सोमबार
image/svg+xml
समाज

‘कर्णालीको समृद्धि र विकासका विषयमा समीक्षा आवश्यक’

कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले संघर्ष र बलिदानबाट प्राप्त कर्णाली प्रदेशको समृद्धि र विकासका विषयमा समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन्।

उनले चार जनाको बलिदानबाट प्रदेश स्थापना भएयता जनताको इच्छा र सहिदहरूको सपनालाई कति पूरा ग¥यौं भनेर सोच्ने बेला आएको बताए।

‘स्रोत साधन सम्पन्न भएपनि कर्णाली पछाडि परेको छ, प्रदेश स्थापनापछि अहिलेसम्म के–के काम ग¥यौं,’ प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख जोशीले भने, ‘जनताको चाहना र सहिदको सपनालाई कति पूरा ग¥यौं भनेर तीन तहका निर्वाचित जनप्रतिनिधिहरूले समीक्षा गर्नुपर्ने बेला आएको छ।’

उनले सङ्घीयताप्रति जनताको आशा र भरोसा बढाउने गरेर जनप्रतिनिधि र सरकारले काम गर्नुपर्ने बताए।

उनले कर्णाली भाषा, संस्कृति, प्राकृतिक स्रोतलगायतले भरिपूर्ण भएपनि त्यसको उपयोगमा ध्यान दिन आवश्यक रहेको बताए। ‘नेपाली भाषाको जननी कर्णाली हो, बहुमूल्य जडीबुटीको भण्डार कर्णाली हो, धार्मिक र सांस्कृतिक केन्द्र कर्णाली हो, ताल तलैयाको भण्डारण कर्णाली हो, पेट्रोलियम पदार्थको भण्डारण कर्णाली हो’ प्रदेश प्रमुख जोशीले भने, ‘यति हुँदाहुँदै कर्णाली पछाडि छ, यसको समीक्षा आवश्यक छ।’

उनले कर्णाली सम्भावनाको भण्डार भएपनि यहाँका युवाहरू रोजगारीका लागि काला पहाड जान लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यानको आहुति दिएका चार जना सहिदहरूको फोटो प्रदेश मातहतका सबै कार्यालयमा राख्ने निर्णय गरिएको बताए। ‘कर्णालीमा रहेका संघीय सरकार र स्थानीय तहलाई पनि आग्रह गछौं,’ उनले भने, ‘प्रदेश मातहतका सबै कार्यालयहरूमा सहिदहरूका तस्बिर राख्ने निर्णय भएको छ।’

उनले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका परिवारका एक जना सदस्यलाई चालू आर्थिक वर्षदेखि रोजगार दिने निर्णय गरिएको पनि जानकारी दिए।

डा. खड्का सर्वोत्कृष्ट कर्मचारी

प्रदेश सरकारले कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारबाट सम्मान गरेको छ।

प्रदेश स्थापना दिवसको अवसर पारेर डा. खड्कालाई आर्थिक वर्ष २०८०/०८१ को सर्वोत्कृष्ट प्रदेश निजामती कर्मचारीका रुपमा छनोट गरिएको प्रमुख सचिव चुडामणि पौडेलले जानकारी दिए। प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेलसहितले ८५ हजार पुरस्कारसहित डा. खड्कालाई सम्मान गरेका थिए।

यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्का र डिभिजनल भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईँलाई उत्कृष्ट निजामती कर्मचारीका रुपमा सम्मान गरिएको थियो। 

प्रकाशित: ४ भाद्र २०८१ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App