२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अपराधीबाट सर्लाही प्रहरीले असुल्यो करिब ९० लाख जरिवाना

जिल्ला प्रहरी कार्यालय सर्लाहीले गत आर्थिक वर्षमा ६२० जना फरार अपराधीलाई पक्राउ गरेको छ । अदालतबाट विभिन्न समयमा कैद जरिवाना तोकी फरार रहेका ६२० प्रतिवादीलाई आ.व.२०८०/०८१ मा सर्लाही प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

अदालतको फैसला कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीले शान्ति सुरक्षा र अन्य नियमित कामका साथै फरार अभियुक्तलाई पक्राउ गर्नमा ठुलो सफलता हासिल गरेको हो ।

पक्राउ परेका फरार अभियुक्तहरूको एक मुष्ठ कैद सजाय ८५ वर्ष २ महिना १ दिन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठले जानकारी गराएका छन् ।

फरार ६२० प्रतिवादीलाई पक्राउ गरेर सर्लाही प्रहरीले ८९ लाख २८ हजार ५१८ रुपैया जरिवाना असुल गरेको छ ।

फरार प्रतिवादी पक्राउ गरेर समाजमा सर्वसाधारण जनतामा शान्ति, सुरक्षा र अमन चयनको प्रत्याभूति हुने र अपराध कर्म गर्नबाट हतोत्साहित हुने बताइएको छ । अपराध गर्ने र न्यायालयबाट सजाय भएर पनि लुकीछिपी बस्ने प्रतिवादीहरूले अन्य अपराध गराउन सक्ने तथा सामान्य नागरिकमा पनि अपराध मनोविज्ञान सिर्जना गर्न सक्ने सम्भावना रहन्छ ।

अदालतको पत्रलाई कार्यान्वयन गर्ने दिशामा गत आर्थिक वर्षमा राम्रै सफलता प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको भनाइ छ । 

प्रकाशित: २७ श्रावण २०८१ १७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App