३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

पर्यटन प्रवर्द्धनमा बागमती सरकार तयार छ: मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पर्यटन क्षेत्रको  प्रवर्द्धनका लागि आफूहरू तयार रहेको बताएका छन्।

एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ,नेपालले शनिवार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन। मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको उल्लेख गर्दै अब भने त्यस्तो गल्ती नगर्ने बताए ।

उनले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलहरूको निर्माण गरेर उनीहरूलाई आकर्षित गर्न सकिने भएकाले त्यसमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए । मुख्यमन्त्री लामाले विभिन्न खालको पर्यटकहरू नेपाल आउने भएकाले उनीहरूको चाहना अनुसारको गन्तव्य स्थलहरूको निर्माणमा पनि प्रदेश सरकारले काम गर्ने बताए । उनले व्यवसायीहरुको समस्या समाधान गरेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

मुख्यमन्त्री लामाले पर्यटकहरूलाई आकर्षित गर्नका लागि समाजलाई समेत सचेत गराउन आवश्यक रहेको बताए ।

प्रकाशित: २६ श्रावण २०८१ १६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App